काठमाडौँ, २७ माघ । बोर्डर–गवास्कर टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । दोस्रो दिनका खेल समाप्तिसँगै भारतले १४४ रनको अग्रता लिएको छ ।
१ विकेटको क्षतिमा ७७ रनको स्थितिबाट दोस्रो दिनको सुरूवात गरेको भारतले दाेस्राे दिन ७ विकेट गुमाउँदै ३२१ रन जोडेको छ । भारतका अलराउन्डर रविन्द्र जडेजा र अक्षर पटेल दुवैले अर्धशतक प्रहार गरेर क्रिजमा छन् । जडेजाले १७० बलमा ६६ रन र पटेलले १०२ बलमा ५२ रन बनाएका छन् ।
यस्तै, कप्तान रोहित शर्माले शतक प्रहर गरेका छन् । २१२ बल खेलेका शर्मा १२० रनमा प्याट कमिन्सको बलमा बोल्ड आउट भए । भारतका रविचन्द्रन आश्विनले २३, लोकेश राहुलले २०, विराट कोहलीले १२ तथा चेतेश्वर पुजराले ८ रन जोडे ।
यसैगरी, टेस्टमा डेब्यु गरेका सूर्यकुमार यादव र श्रीकर भरत समान ८ रनमा आउट भए ।
अष्ट्रेलियाका टोड मर्फीले ५, प्याट कमिन्स र नाथान लियोनले एक–एक विकेट लिए ।
यसअघि, नागपुरमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रलियाले पहिलो पारीमा १७७ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका मार्नुस लबुसचेनले सर्वाधिक ४९ रन जोड्दा स्टेभन स्मिथले ३७, एलेक्स क्यारीले ३६ तथा पिटर ह्यान्ड्सकम्बले ३१ रनको पारी खेले ।
अष्टे«लियालाई सस्तैमा समेट्ने क्रममा भारतका रविन्द्र जडेजाले ५, रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद शामी र मोहम्मद सिराजले एक–एक विकेट हात पारे ।