अल नासरको जितमा रोनाल्डोको ४ गोल

69

काठमाडौँ, २७ माघ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगअन्तर्गत अल वेहदाविरूद्धको खेलमा ४ गोल गरेका छन् ।

किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४–० को जित दर्ता दर्ता सबै गोल रोनाल्डोले गरे ।

उनले खेलको २१, ४०, ५३ र ६१औँ मिनेटमा गोल गरे । योसँगै उनले आफ्नो करियरको ५००औँ लिग गोल पनि पूरा गरेका छन् । उनले दुईपटक गरी म्यानचेस्टर युनाइटेडमा १०३, रियल मड्रिडमा ३११, युभेन्टसमा ८१ र स्पोर्टिङ लिस्बनमा ३ गोल गरेका थिए ।

जितसँगै अल नासर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नासरको १६ खेलबाट ३७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको अद शबाबको १७ खेलबाट ३७ अंक नै छ ।

Share This:
सम्बन्धित खबर
Loading...