टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या १९ हजार ३०० नाघ्यो

30

एजेन्सी, २६ माघ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी १९ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मृत्यु हुनेको संख्या झन्डै १५ हजारभन्दा बढी पुगेको छ ।

अत्याधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घन्टाको समय बितिसकेको छ ।

बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा बिहीबार सहायता पुगेको छ ।

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए । अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीको दक्षिणी प्रान्त कहरामनामारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निुच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...