हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने बाध्यता

50

नरैनापुर, २३ माघ । बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर–२ रोसनपूर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् ।

नरैनापुर गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निमार्ण सुरु पछि स्थानीयहरु हर्षित भएका छन् ।

गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपूर्वा गाउँका बासिन्दा राज्यको उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौँदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।

रोसनपूर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँको भनाइ छ ।

वर्षौँ पछि गाँउपालिकाले बाटोको निमार्ण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भने, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन्, नियमित रुपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बञ्चित थियो । तर, अब रोड बनेपछि सहजता आउने छ ।”

६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा १५० र अढाई घन्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुर गाउँपालिकासँग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौँपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउँदै ५ महिनाभित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...