ओखलढुंगालाई रेजिना रनिङ शिल्ड भलिबलको उपाधि

223

खाँदबारी, २१ माघ । भोजपुरलाई हराउँदै ओखलढुंगा भलिबल टिमले १ नम्बर प्रदेश स्तरीय ‘तेस्रो रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिता–२०७९’को उपाधि जितेको छ ।

सङ्खुवासभाको खाँदबारीमा शनिबार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ को अन्तरले हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा तेस्रो र पाँचथर चौथो भएको छ ।

विजयी ओखलढुंगाले १ लाख ११ हजार १११ रूपैयाँ नगदसहित २१० तोला चाँदीको शिल्ड हात पार्‍यो । उपविजेता भोजपुरले ५५ हजार रूपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेस्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, ब्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टिम सहभागी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...