नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित

76

काठमाडौँ, २१ माघ । साफ यू–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक÷एक गोल गरिन् ।

यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भुटानसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...