सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?

28

काठमाडौँ, १९ माघ । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार ३०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला एक हजार २०० ले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला एक लाख छ हजार ९०० पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ले बढेर प्रतितोला एक हजार तीन सय ९५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...