भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

27

काठमाडौँ, १८ माघ । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रूपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रूपैयाँ बढेर आएको हो ।

नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजेलको मूल्य ८ रूपैयाँ वृद्धि भएर आएको छ । यस्तै, मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रूपैयाँ ८० पैसा बढेको छ । तर, खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको निगमले जनाएको छ ।

अब निगमको १५ दिनको घाटा ५५ करोड हुने निगमको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...