काठमाडौँ, १७ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५०० ले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख५ हजार ८०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५०० हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन एक लाख ५ हजार ८०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला
एक हजार ३६५ कायम रहेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।