रवि लामिछानेले भने– अदालको फैसलालाई स्वीकार गर्छु

57

काठमाडौँ, १३ माघ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जबाफ दिँदै उनले यस्तो बताएका हुन् ।

यतिबेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उनले अनागरिकसँग कुनै पनि प्रश्नको जबाफ नरहेको उनको भनाइ थियो ।

“म अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ, सर्वोच्चको फैसलालाई स्वीकार गर्छु । म राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रहिनँ, कहिँको पनि होइन, कसलाई प्रश्न सोध्दै हुनुहुन्छ, परिचय नभएको अनागरिकलाई किन प्रश्न गर्दै हुनुहुन्छ,” उनले भने ।

सर्वोच्च अदालतले आज उपप्रधान एवम् गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गुमेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सो ठहर गरेको हो ।

यो पनि हेर्नुस्
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

Share This:
सम्बन्धित खबर
Loading...