कर्णाली र सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का
मुगु, १० माघ । कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।