सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

102

काठमाडौँ, १० माघ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला एक लाख पाँच हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ३०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ८०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार ८०० थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार ३६५ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासं अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...