उपसभामुख रानाद्वारा पदबहाली

27

काठमाडौँ, ९ माघ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन् । उनलाई संसद् सचिवलयका महासचिव डा.भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।

उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट राना उपसभामुखमा शनिबार निर्वाचित भएकी थिइन् । उपसभामुख भएपछि उनी पार्टीबाट अलग भएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...