पर्वले संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रेरणा मिल्छ : ओली

68

काठमाडौँ, ८ माघ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताएका छन् ।

सोनाम ल्होसारको शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्पारिक सामाजिक सद्‌भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरे ।

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए ।

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पुँजीको रूपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए ।

सन्देशमा उनले लोकतान्त्रिक राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताको सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...