वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

59

काठमाडौँ, ६ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकोप्टरमार्फत् ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो ।

लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन्  ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...