राजकुमार दोङकाे ‘आयो है ल्होछार’ बोलको गीत सार्वजनिक [भिडिओ]

119

काठमाडौँ, ४ माघ । गायक एवम् संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलमार्फत् उक्त गीत बजारमा सार्वजनिक गरिएको हो ।

गायक एवम् संगीतकार तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन तथा अर्पण थिङले मिक्सिङ गरेका छन् । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

डोल्मो घिसिङले निर्माण गरेको भिडिओमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ, बुद्धी तामाङको अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...