ओलीसँगको भेटपछि प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ

95

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका हुन् ।

मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो ।

उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...