बार्सिलोनालाई सुपर कप उपाधि

22

काठमाडौँ, २ माघ । रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३औँ मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ४५औँ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९औँ मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो । खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए ।

प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...