यती एयरलाइन्सको भोलिका सबै उडान रद्द

37

काठमाडौँ, १ माघ । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कुल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...