मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ : प्रधानमन्त्री प्रचण्ड

64

काठमाडौँ, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।

कम्युनिस्ट आन्दोलनका पुराना नेता नेकपा (माओवादी केन्द्र) को ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झन्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’’

‘‘त्यतिबेलाको समय ऊर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानुपूर्व एसएलसीमा कोही पनि उत्तिर्ण भएका थिएनन् । म गएपछि ८ जना विद्यार्थी उत्तिर्ण भएँ’’ उनले भने, ‘‘२२÷२४ वर्षको उमेर निकै महत्वपूर्ण र ऊर्जाशील रहेछ । मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।’’

Share This:
सम्बन्धित खबर
Loading...