२० लाख धरौटीमा छुटे सन्दीप

18

काठमाडौँ, २९ पुस । बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौ‌ँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...