काठमाडौँ, २९ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५०० ले बढेर एक लाख तीन हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन हिजो प्रतितोलाएक लाख तीन हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ४०० पुगेकामा अघिल्लो दिन रू एक लाख दुई हजार ९०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटी एक हजार ३६५ कायम भएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।