काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँडका विषयमा कुराकानी भइरहेको छ ।
यसअघि बुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।