रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

24

काठमाडौँ, २८ पुस । रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो । पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ ।

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

३९औँ मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियलले अग्रता लिएको थियो । ४१औँ मिनेटमा स्यामियोल लिनोले भ्यालेन्सिया खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा रियलका बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे  । भ्यालेन्सियाका इडसन काभानी, ह्युगो गुइलामोन र मोरिबाले मात्र गोल गरे ।

फाइनलमा रियलले स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलाना र रियल बेटिसको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...