काठमाडौँ, २४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो ।
निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर १९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८०० कायम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।