रियल मड्रिड भिल्लारियलसँग स्तब्ध

84

काठमाडौँ, २४ पुस । स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ । जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार ब्यहोरेको हो ।

यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।  शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ । भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौँ स्थानमा छ ।

खेलको ४७औँ मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो । ६०औँ मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो ।

त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए । आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...