सुनसरी, १८ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको साइकल यात्री बराहक्षेत्र-१० का २१ वर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ वर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलीको चक्काले साइकलयात्री ठाकुरलाई घिसार्दा घाइते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।
घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।