काठमाडौँ, १६ पुस । क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए ।
सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् । नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा अनुभव बाढ्न उत्सुक रहेको बताएका छन् ।
‘युरोपिनय फुटबल जित्नबाट टाढा रहेको छु । यो निर्णय नै ठिक छ । मेरो अनुभव एसियामा बाढ्नेछु,’ रोनाल्डोले भनेका छन् ।
अल नासेर ९ पटक साउदी प्रो लिग च्याम्पियन भएको छ । साउदीले यो ऐतिहासिक सम्झौता भनेको छ । यो सिजनको सुरुवातमा रोनाल्डोलाई साउदी अर्काे क्लब अल हिलालले तीन सय पाँच मिलियन पाउन्डमा लिने बताएको थियो ।
रोनाल्डोले युनाइटेडमा ३४६ खेल खेल्दा १४५ गोल गरेका छन् । युभेन्ट्स जोडेपछि सन् २०२१ अगस्टमा रोनाल्डो युनाइटेड आएका थिए । ११ वर्षअघि रोनाल्डो युनाइटेड छाड्दै रियल मड्रिड पुगेका थिए ।