बेँसीसहर, १४ पुस । लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बेँसीसहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जिपमा सवार दुई जना गम्भीर घाइते र ६ जनामध्ये घाइते भएका छन् ।
घाइतेको लमजुङ जिल्ला अस्पताल बेँसीसहरमा उपचार भइरहेको छ ।