अर्जेन्टिना सेमिफाइनलमा

70

काठमाडौँ, २४ मंसिर । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।

खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए ।

तर, नेदरल्यान्ड्सका लागि वोउट वेग्होरस्टले खेलको ८३औँ र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।

Share This:
सम्बन्धित खबर
Loading...