अर्जेन्टिना क्वाटरफाइनलमा

92

काठमाडौँ, १८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारको अहमद विन अली रंगशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औँ मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो ।

खेलको ७७औँ मिनेटमा अस्ट्रेलियाले दुरी घटायो । वैकल्पिक खेलाडी क्राइग गुडबिनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै जाली चुमेको थियो । खेलको दोस्रो हाफमा अजिज बेहिचले दोस्रो गोल गर्ने अवसर गुमाएका थिए । उनको प्रहार बक्सभित्रबाट अर्जेन्टिनाको लिसान्द्रो मार्टिनेजले क्लियर गरेका थिए ।

अब, अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्ने छ । राति नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...