ब्राजिल र स्विट्जरल्यान्ड प्रिक्वाटरफाइनलमा

89

काठमाडौँ, १७ मंसिर । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’को अन्तिम खेलपछि ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जित दिलाए । यद्यपि, क्यामरुनका लागि यो जित अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।

आज भएको दोस्रो खेलमा स्विट्जरल्यान्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्विट्जरल्यान्डका लागि जेहेर्दान साकिरीले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

साथै, ३५औँ मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्विट्जरल्यान्डका लागि खेलको ४८औँ मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औँ र ४८औँ मिनेटमा गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्विट्जरल्यान्ड जितसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

Share This:
सम्बन्धित खबर
Loading...