क्यामरुन र सर्बियाबीचको खेल बराबरी

48

काठमाडौँ, ११ मंसिर । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दुई मिनेटअन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिचले र मिलान्कोभिच गोल गरेका थिए।

खेलको ५३औँ मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो । यसपछि ६ औँ मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितिमा झारे । दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए ।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ ।

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए ।  क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...