मेस्सी चम्किँदा अर्जेन्टिनाको जित

106

काठमाडौँ, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ ।

दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ  । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो ।

मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । ८८ हजार ९६६ समर्थकबीच मेस्सीले खेलको ६४औँ मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।

खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे । २१ वर्षीय फर्नान्डेज खेलको ३३ मिनेट मात्रै मैदानमा रहे । अर्जेन्टिनाको लागि उनको यो पहिलो गोल हो ।

समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्ने छ । जितसँगै  अर्जेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोल्यान्ड ४ अंकसहित शीर्षस्थानमा छ । समान खेलबाट अर्जेन्टिनाको तीन अंक छ । तीन अंकको साउदी तेस्रो स्थानमा रहँदा मेक्सिको एक अंकसहित पुछारमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...