स्विट्जरल्यान्डको विजयी सुरुवात

37

काठमाडौँ, ८ मंसिर । स्विट्जरल्यान्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्डले ३ अंक जोडेको छ । समूह ‘जी’ अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्ने छ ।

त्यसैगरी, समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...