तनहुँ १ मा रामचन्द्र पौडेल निर्वाचित

163

दमौली, ८ मंसिर । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले २५ हजार ३१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का एकबहादुर रानाले १९ हजार ९२५ मत प्राप्त गरे ।

निर्वाचन आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...