फिफा विश्वकप : बेल्जियम १–०ले विजयी

39

काठमाडौँ, ८ मंसिर । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुवात गरेको छ ।

कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।

मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।

त्यसअघि खेलको ११औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो ।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अंक जोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...