ललितपुर–३ मा तोसिमा कार्की विजयी

87

काठमाडौँ, ७ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन् ।

बुधबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार डा.कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।

सोही क्षेत्रमा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् । भुसाल हाल ऊर्जामन्त्री छन् ।

Share This:
सम्बन्धित खबर
Loading...