कास्की–२ मा एमालेकी भट्टराई अगाडि

412

पोखरा, ६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् ।

जारी मतगणनामा कास्की क्षेत्र नम्बर २ मा रास्वपाका कँडेलले सुरुवाती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार ८५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् ।

उनलाई रास्वपाका कँडेलले चार हजार ७०७ मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार २०७ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार ६१२ मतसहित पछ्याइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...