गोरखा, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ हजार ७८५ मत पाएका छन् ।
उनले प्रतिस्पर्धीहरुसँग फराकिलो मतान्तर कायम गरेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले भने ९३५ मत पाएका छन् । उनी र प्रचण्डबीच २ हजार ८५० मतको अन्तर छ ।
तेस्रो स्थानमा नेकपा (एमाले)का अब्दुस मिया छन् । उनले ८६४ मत पाएका छन् ।