लमजुङमा पृथ्वीसुब्बा गुरूङ ४२१ मतले अगाडि

122

लमजुङ, ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत लमजुङमा जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा (माआवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङभन्दा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ ४२१ मतले अघि रहेका छन् । चार हजार ९०४ मतगणना हुँदा उक्त मतले निर्वतमान मुख्यमन्त्री गुरुङले सुरुवाती अग्रता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले दुई हजार ५९८ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले दुई हजार ८७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गरेका छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ ।

जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रदेश ‘१’ मा एमालेका जमिन्द्रमान घलेले तीन सय ७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा.टकराज गुरुङले पाँच सय ७१ मत प्राप्त गरेका छन् ।

प्रदेश ‘२’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले एक हजार ४६६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले ७२८ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...