काठमाडौँ, ५ मंसिर । काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् ।
सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीले १२८ मत पाएकी छन् ।
राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ७८ मत पाएकी छन् ।