अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदै छौँ : रवि लामिछाने

80

चितवन, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताएका छन् ।

मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरंग पैदा गरेको बताए ।

“देशभरको रिपोर्टिङले उत्साहित छु,” उनले भने, “सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।” उनले देशभर पत्यक्ष र समानुपातिकतर्फको नजिता आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ,” उनले भने ।

पहिलो पटक मतपत्रमा घन्टी चुनाव चिन्ह देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । “एकछिन मतपत्र हेरेर बसेँ,” उनले भने, “ठुलो जिम्मेवारी वोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए ।

बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...