१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : ओली

66

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...