अमेरिकी सभामुखबाट न्यान्सी पेलोसीको राजीनामा

23

एजेन्सी, २ मंसिर । तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छन् ।

नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पने भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर्सले जनाएको छ ।

“मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु । नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएका छन् । उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,” पेलोसीले भनेकी छन् ।

८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसद्‌मा प्रतिनिधित्व गर्दै आएकी छन् ।

सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एकमात्र महिला नेतृ पेलोसी नै थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...