संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा

62

काठमाडौँ, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतान्त्रिक वाम–गठबन्धन काठमाडौँ क्षेत्र नम्बर ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद् विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

“विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिस्ट सरकारले संसद् विघटन गरेकाले सिंगो देशको विकासमा असर पर्‍यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो,” उनले भने ।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्‌मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । उनले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...