कुन्ती पोख्रेल भन्छिन्– ‘म जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु’

90

काठमाडौँ, २१ कात्तिक । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारप्रसारलाई आक्रामक ढंगले अगाडि बढाएकी छन् ।

यो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् । यो क्षेत्रअन्तर्गतका सबै वडावासीको घरदैलोमा कुन्ती पोख्रेल पुगिसकेकी छन् ।

सोमबार बिहानैदेखि वडा नम्बर ३ स्थित जर्सीङपौवा, कात्तिकेलगायतका स्थानमा मतदातासँग भेटघाट व्यस्त रहिन् । भेटघाटका क्रममा यहाँका मतादाताले गरेको भव्य स्वागत र जनसागर उर्लिएको देख्दा हाम्रो जित सुनिश्चित भइसकेको खाली चुनावी प्रक्रियाको लागि मंसिर ४ पर्खिनुपर्ने पोख्रेल बताउँछिन् । यसले नेपाली समाजको अपेक्षाअनुसार परिवर्तका लागि बाटो खोलेको पनि बताइन् ।

‘जनताको यो उत्साहपूर्ण स्वागत, सहयोग र समर्थनले हाम्रो जित पक्का भइसकेकाले अब तपाईंहरुको काम गर्न म सेवक बनिसकेँ । मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरुको पाँच वर्ष सेबक बन्ने छु,’ पोख्रेलले प्रतिबद्धता जनाइन् ।

‘म यो क्षेत्रमा तपाईंहरुको काम गर्न आएकी हुँ, काम गरेरै छाड्छु,’ उनले थप जोड दिँदै भनिन्, ‘म पहिलाका नेताले जस्तो झुठ बोल्न जान्दिँन जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...