युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादीमा प्रवेश

59
  • सरिता खत्री

गलकोट, २० कात्तिक । युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जनामा ओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा (एमाले) परित्याग गरी माओवादीमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे ।

प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगर सदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहनखत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसिएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन् ।

पार्टी प्रवेश गर्दै गगन विकले एमालेले प्रतिगमनको बाटो रोजेर संविधानलाई ध्वास्त पार्न खोजेपछि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताए ।

नवप्रवेशीलाई स्वागत गर्दै शिक्षामन्त्री पौडेलले गलकोट माओवादी जनयुद्धको उद्गम स्थान भएको बताउँदै सहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी उनीहरुको रहेको बताए । नेपालको सम्पूर्ण परिवर्तनको वाहाक माओवादी केन्द्र रहेको बताउँदै देशमा माओवादीकै एजेण्डा लागु भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...