संस्कृति र सम्पदा देशको सम्पत्ति हुन् : ईश्वर पोखरेल

70

काठमाडौँ, १९ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुलाई सहज वातावरणमै बूढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन मन्दिरका संरक्षकलाई आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...