नेपालले युएइसँग एकदिवसीय सिरिज खेल्ने

35

काठमाडौँ, १५ कात्तिक । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएइ)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो ।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ ।

नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...